लौकही । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीहरुलाई भोक्राहा नरसिंह गाउँपालीकाले बिदाइ गरेको छ । मिति २०७९/०६/२८ देखि मि २०७९/०७/०३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद २०७९ प्रतियोगितामा पर्न सफल भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गतका खेलाडीहरुलाई बधाई तथा जितको अग्रिम शुभकामना दिदै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजद, उपाध्यक्ष सुनिताकुमारी उराँव, वडा अध्यक्ष, कार्यलय प्रमुख लगायत कर्मचारीहरुले खेलाडीहरु बिदाइ गरेका थिए ।
भोक्राहा नरसिंह गाउँपालीकाबाट नवौं राष्ट्रिय खेलकुद २०७९ प्रतियोगितामा पुरुष कुस्तीतर्फ ५७ केेजीमा कपल देव यादव,७९ केजीमा रामचन्द्र यादव,७० केजीमा दिपेन्द्र यादव,महिलातर्फ ६२ केजीमा रेणु कुमारी मेहता,५५ केजीमा अन्जली उराँवले प्रतिस्पर्धा गर्दैछिन् । यस्तै खोखो तर्फ जय किशोर यादव,आदित्य नारायण उराँव,नितु कुमारी यादव,कुमल कुमारी मण्डलले सहभागिता जनाउँदै छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले आफू शिक्षा,स्वास्थ्य,पूर्वाधारसँगसँगै सामाजिक विकास तथा खेलकुदको विकासमा लागिपरेको बताउँछन् । सम्भावना बोकेको खेलका खेलाडीहरुलाई गाउँपालीकाबाट आवश्यकताअनुसार निरन्तर साथ,सहयोग र समर्थन गर्दै भावी दिनमा खेलकुदको विकास गरिने उनले बताए ।
प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...