लौकही । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनलाई लक्षित गर्दै कोसी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा निर्वाचन कार्यालयले नमुना मतदान अभ्यास गरेको छ। प्रतिनिधि र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई दृष्टिगत गर्दै आम सर्वसाधारणका निम्त्ति निर्वाचन कार्यालयले मतदाता शिक्षा अन्तर्गतको नमुना मतदान अभ्यास शुक्रबार गरेको हो।

लौकहीस्थित कोसी गाउँपालीकाको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। सर्वसाधारणलाई मतपत्र पहिचान, उम्मेदवारको जानकारी, मतदान प्रक्रिया र मतदानस्थलमा अपनाउनुपर्ने आवश्यक अनुशासन तथा सुरक्षा संवेदनशीलता सहितको शिक्षा प्रदान गर्न नमुना मतदान अभ्यास गरिएको कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









