सुनसरी । सुनसरी धरान-८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ ।
बुधबार बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान
उप-महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह-६ का ५० बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिईएको छ ।









