लौकही । कोसी गाउँपालीकामा आइतबारबाट आयुर्वेद सेवा संचालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इनरुवा सुनसरीको आयोजना तथा कोसी गाउँपालीकाको सहयोगमा कोसी गाउँपालीका वडा नम्बर ३ स्थित जमुवाम आयुर्वेद सेवा संचालनमा ल्याएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख संजीवकुमार यादवले जानकारी दिनुभयो । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गर्दै आयुर्वेद स्वास्थ्य सेवा संचालन आएपछि पहिलो दिन ५ सय १७ जनाले सेवा लिएका छन् । सर्वसाधारणको सहजताको लागि जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयसँग समन्वय गरेर कोसी गाउँपालीकामा आयुर्वेद सेवा संचालनमा ल्याएको बताउदै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले यसबाट कोसीका मात्रै नभई अन्य पालीका नागरिक पनि लाभान्वित हुने बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इनरुवा सुनसरीले सदरमुकाम इनरुवामा सेवा दिदै आएकोमा अब भने कोसी गाउँपालीका क्षेत्रमा पनि सेवा विस्तार गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले संचालनमा ल्याएको सेवा केन्द्रमा हाडजोर्नी तथा नसा सम्बन्धि अम्लपित, अल्सर, जोण्डिस,गानोगोला, पाइल्स, फिस्टुला, फिसर तथा मलद्वारा सम्बन्धि रोगहरु, स्त्रीरोग, दाद,एलर्जीलगायत छाला सम्बन्धि सम्पूर्ण रोगहरु,उच्च रक्तचाप, मधुमेह, पिनास, निन्द्रा नलाग्ने, खोकी,दम,श्वासप्रश्वास लगायत रोगहरुका बिरामीलाई सेवा दिने उहाँको भनाइ छ । पहिलो दिन बिरामीहरुलाई संजीवकुमार यादवसँगै अनिल यादव,रोहित यादव,श्रविन्द यादवले सेवा दिएको आयुर्वेद स्वास्थ्य केन्द्र कोसीका प्रमुख तरुण यादवले जानकारी दिनुभयो ।