लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले नयाँ भेरियन्टको कोभिड विरुद्ध सजग एवम् सचेत रहन गाउँपालीका वासीलाई आग्रह गरेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमणको जोखिम नेपालमा कम हुँदै गए पनि छिमेकी राष्ट्रहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट देखा परेको र त्यसको सङ्क्रमण दर दिनानुदिन वृद्धि हुँदै गइरहेको तथा प्रारम्भिक प्रतिवेदन अनुसार नयाँ भेरियन्टको कोभिडले छोटो समयमा धेरै व्यक्तिहरूलाई सङ्क्रमण गर्ने देखिएको भन्दै अध्यक्ष अन्सारीले सर्वसाधारणलाई सजग रहन आग्रह गरेका हुन् । छिमेकी मुलुकहरूमा फैलिएको नयाँ भेरियन्टको कोभिड हालसम्म नेपालमा पुष्टि नभएको भए तापनि खुल्ला सिमाना एवम् मानिसहरूको भिडभाड तथा आवतजावतको कारणले नेपाल पनि सङ्क्रमणको उच्च जोखिममा रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम जनसमुदायहरू सजग एवम् सचेत रहन उनको आग्रह छ । कोभिड-१९ को सक्रमणबाट बच्न र बचाउन सम्पूर्ण गाउँवासीहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग, एक अर्कामा भौतिक दुरी कायम गर्न, साबुन पानीले हात धुने लगायतका व्यक्तिगत सरसफाइ र जनस्वास्थ्यका मापदण्डहरू नियमित रूपमा पालना गर्न कोसी गाउँपालीकाले सबैमा आग्रह गरेको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









