ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

बीपी प्रतिष्ठानको बेहाल : करोडौंका मेडिकल उपकरण सदुपयोगविहीन

मिलोमतोमा बिगार्ने र महँगा पाटपुर्जा खरिद गर्नमै व्यस्त

आवर कोशी by आवर कोशी
जेष्ठ २६, २०७८
बीपी प्रतिष्ठानको बेहाल : करोडौंका मेडिकल उपकरण सदुपयोगविहीन
21
SHARES
Share on FacebookShare on Twitter

 

सुनसरी / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र करोडौं रुपैया खर्च गरेर खरिद गरिएका मेडिकल उपकरणहरु उपयोग नगरी थन्काएर राखिएको पाइएको छ ।

कतिपय मेडिकल उपकरणहरु खरिद गरेको केही दिनमै बिग्रेपछि मर्मत नगरी थन्काइएका छन् भने तिनै बिग्रेका उपकरणको मर्मत सम्भार गरेको भनेर कागजी श्रेस्ता तयार गरेर वार्षिक अढाइ करोड रुपैयाँभन्दा बढीको व्ययभार प्रतिष्ठानले व्यहोरिरहेको पाइएको छ ।
प्रतिष्ठान स्रोतकाअनुसार त्यसरी थन्काइएका महँगा मेडिकल उपकरणहरुमा इमर्जेन्सी विभागको डिजिटल रडियोग्राफी मेसिन, अप्थाल्मोलोजी (आँखा विभाग) मा राखिएको रेटिना लगायत आखाको जाँच गर्ने मेसिन, दन्तचिकित्सा महाविद्यालय (डेन्टल) को दाँत बनाउने क्याड क्याम छन् ।

यसैगरी, दाँतको एक्सरे गर्ने लेटरल सेफ्यालोग्राफ मेसिन, फार्माकोलोजी विभागमा पूर्व उपकुलपति बीपी दासको पालामा किनेको एचपीएलसी मेसिनल, प्याथोलोजी विभागको लागि पाँच वर्षअघि खरिद गरिएको इमुनोहिस्ट्रोकेमेस्ट्री मेसिनगायत धेरै छन् । यस्तै प्रयोगशालामा रगतको जाँच गर्ने कम्पोनेन्ट सेपेरेटर बिग्रेर थन्क्याएको छ ।

 

खरिद गरेपछि कतिपय उपकरण केही समय सञ्चालन गर्दागर्दै बिग्रेर थन्काइएका हुन् भने कतिपय सञ्चालानमै नल्याइ थन्काइएको छ । प्रतिष्ठानको प्राविधिक टिमले बेवास्ता गर्दा ती मेडिकल उपकरणहरु त्यतिकै थन्काइएका हुन् । प्रतिष्ठानका एक चिकित्सकले भने, ‘इमर्जेन्सी विभागको डिजिटल रेडियोग्राफि बिगारेर त्यतिकै थन्काइएको छ । त्यस्तै अप्थाल्मोलोजी विभागको आँखाको रेटिना हेरेर उपचार गर्न मेसिन पनि चार वर्षदेखि थन्किदा बिरामीहरु अन्यत्र जान बाध्य छन् । क्यान्सर जस्तो रोगको पहिचानमा अत्यन्त उपयोगी इमुनोहिस्ट्रोकेमेस्ट्री सञ्चालनमा नहुँदा बिरामीको उपचारमा ठूलो असर परेको छ । इमुनोहिस्ट्रोकेमेस्ट्री मेसिनको वारेन्टी समयमा नचलाउँदा प्रतिष्ठानले वारेन्टी मार्फत पाउने लाखौंको मर्मत सुविधामा समेत घाटा भएको छ ।’

डेन्टलको लागि भनेर करिब साढे चारकरोड रुपैयाँमा खरिद गरिएको दाँत बनाउने क्याड क्याम मेसिन सञ्चालनमा आएको एक वर्ष नपुग्दै बिग्रिएपछि थन्काइएको छ । प्रतिष्ठानका अधिकांस मेडिकल उपकरणहरु चेतन अग्रवालकै विभिन्न कम्पनीबाट खरिद गरिएको हो ।

नाम नखुलाउने शर्तमा अर्का एक चिकित्सकले भने, ‘उपकरण खरिद गरेपछि बिरामीको प्रभावकारी उपचारमा सदुपयोग गर्नुपर्ने दायित्व प्रतिष्ठानको व्यवस्थापन पक्षको हो भने बिग्रिएपछि बनाउनुपर्ने दायित्व आपूर्तिकर्ताको हो तर यहाँ त्यस्तो भइरहेको देखिएन ।खरिद गरिएका करोडौंका मेसिन तथा उपकरणहरु सञ्चालनमै नल्याइ जीर्ण बनाइनु भनेको प्रतिष्ठानलाई थप अनावश्यक व्ययभार बोकाउनु मात्र होइन बिरामीको उपचार सेवा गुणस्तरहीन बनाउनु पनि हो ।’

करोडौं मूल्य लगाएर खरिद गरेको हाइ प्रफमेन्स लिक्वुइड क्रोमाटोग्राफी (एचपिएलसी) सञ्चालनमा नल्याउनुको कारण प्रतिष्ठाने खुलाउन सकेको छैन । उक्त उपकरणले औषधिको गुणस्तर जाँच गर्ने र औषधी उत्पादनमा प्रयोग हुने गरेको छ ।

मेडिकल उपकरण आपूर्ति गर्ने ठेकेदार कम्पनीसँग मिलोमतो गरेर खरिद गर्ने, महंगो पार्टपुर्जा निकालेर फेरि किन्न लगाउने, वारेन्टी भएका मेसिन समेत बिगारेर लाखौं पैसा दिएर बनाउन लगाउने गिरोह नै प्रतिष्ठानभित्र वषौंदेखि सक्रिय रहेको ती चिकित्सकले बताए । प्रतिष्ठानभित्र आपूर्ति हुने मेडिकल उपकरणहरु इलेक्ट्रोमेड विभागका प्रमुख राहुल मिश्रको टिमले हेर्ने गरेको छ ।

प्रतिष्ठानमा रहेको १६ स्लाइसको पुरानो सिटि स्क्यान र एक गैरसरकरी विदेशी दाताले दिएको दुइदशक पुरानो जिरो पोइन्ट फाइवको एमआरआइ मेसिन आफैं नबिग्रेर बिगारिएको दाबी प्रतिष्ठानका पुराना चिकित्सकहरुले गर्दै आएका छन् ।

उनीहरुका अनुसार सञ्चालनमा नल्याइएका र बिगारेर थन्काइका सबै गरेर कम्तिमा ४० करोड देखि ६० करोड रुपैयाँसम्मका मेडिकल उपकरणहरु छन् । ती बिगारिएका मेडिकल उपकरण मर्मत सम्भारको नाममा वार्षिक दुईदेखि तीन करोड रुपैयाँ भन्दा बढी खर्च भएको कागजी प्रमाण तयार गरेर मिलोमतोमा खाने गरेका छन् ।

आधुनिक चिकित्सा पद्धतीमा प्रतिष्ठान जस्तो ठूलो अस्पतालमा चिकित्साशास्त्रको अध्ययन, अनुसन्धान र विरामी उपचार सेवालाई प्रभावकारी बनाउन एमआरआई, सिटि स्क्यान, इमुनोहिस्ट्रोकेमेस्ट्री, डिजिटल रडियोग्राफी डेण्टल चियर, भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत उपकरणहरु अत्यन्त अपरिहार्य मानिन्छ । तर एमआरआई मेसिन कामै नलाग्ने भएको कैयौं वर्ष भएपनि एमआरआई सुचारु राख्ने नाममा लाखौं रुपैया खर्च हुने गरेको छ ।

प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापक चिकित्सकले भने, ‘प्रतिष्ठानमा उपचारका लागि आएका मध्ये एमआरआई गर्नु पर्नेहरुलाई दैनिक कम्तिमा १५–२० जनालाई विराटनगर पठाउनु परेको छ । विराटनगर जाँदा र आउँदा एम्बुलेन्स खर्चको नाममा ती बिरामीले कम्तिमा १० हजार रुपैयाँ अतिरिक्त खर्च व्यहोर्नु पर्छ । विराटनगरका अस्पतालमा एमआरआई गर्दा कम्तिमा १५–२० हजार खर्च हुन्छ भने प्रतिष्ठानमै एमआरआई सञ्चालन भएको खण्डमा बढीमा आठदश हजार रुपैयाँमात्र लाग्थ्यो ।’

प्रतिष्ठानको सिटि स्क्यान मेसिनको अवस्था पनि त्यस्तै छ । पटक पटक लामो समय बिगार्ने, नबनाउने तर वर्षेनी वार्षिक मर्मत खर्चका नाममा २५ देखि ३० लाख भुक्तानी लिने तर सञ्चालन हुँदा एक लाख रुपैयाँ पनि आम्दानी नगर्ने अवस्था छ । ती चिकित्सकले भने, ‘यस्तो हुनुको मुख्य कारण भनेको यहाँभित्रको सिटि स्क्यान बनाउने राहुल मिश्रको टेक्निकल टिम र व्यापारी विचौलियाको मिलोमत्तोले निर्धारण गरेको कमिसनको खेल नै हो ।’

प्रतिष्ठानको आफ्नो सिटि स्क्यान मेसिन बिगारेपछि सार्वजनिक निजी साझेदारी (पीपीपी)को आधारमा इमर्जेन्सी विभागमा जडान गरिएको एउटा अर्को सिटि स्क्यान मेसिनबाट काम चलाइने गरेको छ ।

जसमा बिरामी, प्रतिष्ठानको कोठा, फर्निचर लगायत सम्पूर्ण भौतिक संरचना, बिजुली, जनशक्ति प्राविधिक र विशेषज्ञ चिकित्सक २४ सै घण्टा प्रतिष्ठानको तर्फबाट खट्ने गरेका छन् तर ६५ प्रतिशत आम्दानी भने निजी साझोदारीलाई पोसेर प्रतिष्ठानलाई वार्षिक करोडौं घाटा लगाएको अर्का एक चिकित्सकले बताए ।

साझेदारीमा संचालित उक्त सिटि स्क्यानबाट प्रतिष्ठानले कम्तिमा ५० प्रतिशत पाउने सुनिश्चता हुनुपर्नेमा समेत ३५ प्रतिशत मात्र लिइने गरेको गरेको छ । कमिसनको चक्करमा एक्सरे मेसिनहरु बिगारिएको छ भने इमर्जेन्सी र रडियोलोजी दुवै स्थानको एक्सरे मेसिन बिगारिएको छ । तीन महिना अघिमात्र प्रतिष्ठानमा सामान्य एक्सरे गर्नकालागि समेत बाहिर पठाउने अवस्था सृजना भएको थियो । युएसजी मेसिन पनि एकदम पुराना र कम क्षमताका भएको मात्र छ ।

प्रतिष्ठानको प्रयोगशालामा नयाँ मेसिन नहालिएकाले पुरानो मेसिनबाट रिपोर्ट आउन समय लाग्नुका साथै गुणस्तरीय रिपोर्ट नआउने, बिरामीको पटक पटक टेस्ट दोहोर्‍याउनु पर्ने र ल्याबमा चल्तीको बजार मूल्य भन्दा महँगोमा रियाजेन्ट किन्ने गरिएको अवस्था छ ।

आँखा विभागको रेटिना हेरेर उपचार गर्ने मेसिन विगारेर मर्मत नगरी चार वर्षदेखि थन्क्याउदा पूर्वका अधिकांश बिरामीहरु काठमाडौं,विराटनगर जान बाध्य भएका छन् भने चिकित्साशास्त्रका विद्यार्थी सिक्नबाट वञ्चित भएको आँखा विभागका एक चिकित्सकमले बताए ।

डेन्टलमा पनि उस्तै

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको चाप र स्नातक–स्नातकोत्तर विधार्थीहरुको अनुपात अनुसार डेन्टलका ९ विभागका हरेक विभागमा ३० देखि ४० वटा डेन्टल चियर हुनु पर्नेमा सबै विभाग गरेर मुस्किलले १५ वटा डेन्टल चियरमात्र संचालनमा छन् । भएका डेण्टल चियरहरु पनि कुनै न कुनै बेला बिग्रेको बिग्रेकै गरेकाले २० मिनेटमा गर्न सकिने उपचार गर्न २ घण्टा लाग्ने गरेको छ्र । दन्तचिकित्सा महाविद्यालयका प्रोस्थोडोन्टिक विभागका एसोसिएट प्रोफेशर डा. प्रकाश पराजुलीले भने, ‘डेण्टलमा जति मेडिकल उपकरण छन् सबै पहिलेका पुराना मात्रै छन् । नयाँ डेण्टल चियर कस्तो हुन्छ देख्न पाइएको छैन । नयाँ डेण्टल चियर नभएपछि बिरामीको उपचारमा पनि समय लाग्ने नै भयो ।’

उनका अनुसार दन्त उपचारमा आउने अधिकांसले सामान्य आरसिटी गर्न पनि पाँच महिनाको पालो कुर्नु पर्ने अवस्था रहेको छ । दुइदशक पुराना डेण्टल चियरको भरमा चिकित्सकहरुले काम गर्नुपर्दा कहिले काही उपचार सेवा नै प्रभावित भएर उल्टै गाली समेत खानु परेको डा. पराजुलीले बताए । उनले भने, ‘डेण्टलमा आवश्यक मेडिकल उपकरण खरिदका लागि टेण्डर त आह्वान गरिन्छ तर केही सीमित कम्पनीले टेण्डर नपाउने स्थिति हुनासाथ रद्द गरिन्छ । कति पटक भएभए यस्ता टेण्डर रद्द।’ उनका अनुसार कमिसनका कारण मेडिकल उपकरण खरिद गर्न आह्वान गरिएको टेण्डर रद्द हुने गरेको छ ।

प्रतिष्ठान स्रोतकाअनुसार २० वर्ष भन्दा पुराना डेन्टल चियर फेरेर नयाँ ल्याउनुपर्नेमा हरेक वर्ष चेतन अग्रवालले महँगो तर कमसल, पाटपुर्जा नपाउने, मर्मत नहुने र बिग्रिएमा नेपालमा बन्दै नबन्ने खालमा डेन्टल चियर टेन्डर पार्ने नियतले प्रतिष्ठानको व्यवस्थापन पक्षलाई दबाब दिँदा हरेक पटक टेन्डर रद्द हुने गरेको छ ।

अग्रवालको टेन्डर सुनिश्चित नभएसम्म पदाधिकारीहरुले फाइल अगाडी नबढाउने गरेकाले टेन्डर सफल भएको छैन । अग्रवाल, टेण्डर र व्यवस्थापनको छिनाझपटीका मारमा प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विधार्थीहरु दन्त चिकित्साशास्त्रको वास्तविक सिकाइबाट वञ्चित भएका बीडीएस अध्ययरत एक विद्यार्थीले बताए ।अग्रवालकै कम्पनीबाट करिब चारकरोड रुपैयाँमा खरिद गरेको डेन्टलकै क्याड क्याम मेसिन किनेको १ वर्ष मै बिग्रिएर थन्किएको छ । डेन्टलमा सीबीसीटी (मुख भित्रको एरियाको सिटी स्क्यान गर्ने) मेसिन नहुँदा बिरामीले बाहिर को अस्पतालमा सीटीबीटी गर्नका लागि पाँच हजार रुपैयाँ भन्दा बढी तिर्नु पर्ने बाध्यता छ । डेन्टलको सबै विभागमा डिजिटल एक्सरे सेवा हुनुपर्नेमा एउटा विभागमा मात्र परम्परागत र झन्झटिलो एक्सरे मेसिन छ ।

सरकारले हरेक अस्पतालले आफ्नै फार्मेसीमार्फत औषधि बिक्री गर्न निर्देशन दिएको ६ वर्ष बितिसकेको छ तर प्रतिष्ठानमा भने पदाधिकारीहरु कमिसनको चक्करमा लाग्दा अहिलेसम्म आफ्नो फार्मेसी सञ्चालनमा ल्याउन सकेका छैनन् ।

प्रतिष्ठानमा आउने बिरामीहरुले प्रतिष्ठान बाहिर रहेको ६० भन्दा बढी फार्मेसीबाट दैनिक करिब १० लाख रुपैयाँको औषधी खरिद गर्ने गरेका छन् ।

प्रतिष्ठानको निर्मलीकरण विभागको मेसिन पनि कामै नलाग्ने गरी बिग्रिएको छ । तोकिएको तापक्रम अनि चाप दिँदा समेत ४ मिनेटमा हुनुपर्ने निर्मलीकरण ४ घन्टामा नहुने गरेको स्रोतले बतयो । सबै वार्ड, अपरेसन थिएटरमा सोही ठाउँबाट निर्मलीकरण गरेर सामान लगिने हुँदा कतै पनि निर्मलीकरण भएको सामान नपुग्ने र संक्रमणग्रस्त सामग्री जाने भएकाले बिरामीमा रोग फैलने र सर्ने, संक्रमण हुने जोखिम उच्च रहेको पनि स्रोतले बतायो ।

सभार कान्तिपुरबाट

Tags: बीपी प्रतिष्ठान धरान

Related Posts

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

by आवर कोशी
पुस १५, २०८२
0

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरी जिल्ला स्थित नेपाल- भारत तिनकुनै नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । मंगलवार सुनसरी जिल्ला...

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

by आवर कोशी
बैशाख २५, २०८२
0

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शा समेत...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.