इनरुवा । सुनसरीको बर्जु गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी साहेबगंजबाट इन्स्पेक्टर आशिष गैडाको कमान्डमा खटिएको चेकप्वाइन्ट टोलिले बर्जु गाउँपालीका वडा नम्बर ५ बिरेनचोक स्थित नहरबाट बुधबार बिहान ५५ केजी गाँजा बरामद गरिएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको अवस्थामा नम्बर नखुलेको १५० सिसि को प्लसर मोटरसाइकल र १६० सिसि को अपाची मोटरसाइकल शंका लागी चेकजाँच गर्न खोज्दा उक्त मोटरसाइकलमा सवार व्यक्ति फरार भएका थिए । सशस्त्र प्रहरीले मोटरसाइकल चेकजाँच गर्दा १६० सिसि को अपाची मोटरसाइकलमा प्लास्टिकले बेरि लुकाई राखेको अवस्थामा ५५ केजी गाँजा बरामद गरेको इन्स्पेक्टर गैडाले जानकारी दिए । बरामद गरिएको गाँजा र मोटरसाइकल आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पेस्तोल सहित भारतीय नागरिक पक्राउ
मुस्ताक आलम इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत...









