मुस्ताक आलम
लौकही । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका ५ – स्थित रहेको मिल्लत स्पोर्टिङ फुटबल क्लबको आयोजनामा र कोशी गाउँपालिकाको सहयोगमा संचालन गरिएको पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा केराबारी फुटबल क्लब विजयी भएको छ । आयोजक मिल्लत स्पोर्टिङ ० का विरुद्ध ३ गोलले पराजित गर्दै केराबारी विजयी भएको हो । केराबारि फुटबल क्लबका खेलाडी नबिन खतिवडा १ गोल दिएर आफ्नो टिमको लागि खाता खोलेका थिए भने मध्यान्तर पछि केराबारिका ११ नं खेलाडीले पुनः एक गोल दिएर २ गोल दिएको थियो।
खेलको समापन सम्म मिल्लत स्पोर्टिङ फुटबल क्लबका खेलाडीहरूले २ वटा राम्रो प्रहार गरेका थिए तर केराबारिका किपरले गोल हुनबाट बचाउनु भएको थियो। कोशी पाचौं अध्यक्षको प्रमुख अतिथि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी , बिशिस्ट अतिथिमा ५ नं वडा अध्यक्ष साहजमाल , अतिथिहरुमा फैजुद्दिन,नेजामुद्दिन ,नुरुल हक , सफिक आलम लगायतको उपस्थिति रहेको थियो। उक्त अध्यक्ष कपको फानल खेलमा गाउँपालिकाको अध्यक्ष अन्सारीले दुबै टिमका खेलाडीहरुलाइ बधाई दिदै आगामी दिनहरुमा राम्रो खेलाडीको रुपमा आफ्नो कला देखाउन सकोस् भन्ने शुभकामना समेत दिनु भएको थियो। त्यसैगरी फानल खेलका बिजेताले रु ५०- हजार र ट्रफि प्रमाणपत्र पयको छ भने उपबिजेताले रु ४०- हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट प्लेयर नबिन खतिवडा भयेका थिय भने मिल्लत स्पोर्टिङ फुटबल क्लबको तर्फबाट उत्कृष्ट गोल रक्षक श्याम चौधरी भएका छन । उक्त सप्पन्न कार्यक्रममा कल्बका अध्यक्ष मोहम्मद मुर्तुजाको अध्यक्ष्ामा सम्पन्न भएको थियो ।