ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

बीपी प्रतिष्ठान सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

आवर कोशी by आवर कोशी
जेष्ठ २६, २०७८
बीपी प्रतिष्ठान सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
21
SHARES
Share on FacebookShare on Twitter

धरान /पछिल्लो समय राजनीतिक चपेटा र आर्थिक अनियमितताका घटनाले लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न धरानवासीले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन्। बुधवार धरानवासीले इलाका प्रशासन कार्यालय धरानमार्फत तत्काल प्रतिष्ठान सुधार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन ओलीलाई ध्यानकर्षण पत्र बुझाएका हुन्।

पछिल्लो समय राजनीतिक नियुक्ति लिएर प्रतिष्ठानको व्यवस्थापनको जिम्मेवारी बोकेका पदाधिकारीले सन्तोषजनक काम नगर्दा उपचार नपाएर बिरामीले ज्यान गुमाउन थालेपछि स्थानीयले धरान नागरिक दबाब संजाल गठन गरेर प्रतिष्ठान सुधार गर्न आन्दोलन थालेका छन्।

संजालले बुधवार इलाका प्रशासन कार्यालय धरानका उपसचिव सुवासकुमार लामिछानेमार्फत प्रतिष्ठान सुधार गर्न प्रधानमनत्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा हप्ता दिनसम्म प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार नगरिए व्यवस्थापन विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।

प्रतिष्ठान व्यवस्थापनको कमजोरीका कारण कोभिड अस्पतालमा संक्रमितको उपचार राम्रो नगरेको, संक्रमित बिरामीलाई भर्ना नगर्दा घरमै ज्यान गुमाउनु परेको, प्रतिष्ठानको रेडियोलोजी विभाग लथालिङ्ग हुँदा, भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई सेवा नपाएको।

त्यस्तै चिकित्सकहरुले कमिसनको लोभमा प्रतिष्ठान भर्ना भएका विरामीलाई अन्यत्र रेफर गर्ने गरेको र प्रीतष्ठानका पदाधिकारी पटकपटक आर्थिक अनियमितताका घट्नामा मुछिएर प्रतिष्ठानलाई धरासायी पार्ने काम गरेकाले धरानका सबै राजनीतिक दलहरुको सहभागितामा नागरिक दबाब संजाल गठन गरी प्रतिष्ठान सुधार गर्न आन्दोलन सुरु गरिएको संयोजक डा. राजेन्द्र शर्माले बताएका छन्।

संजालले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर सहलाई समेत ध्यानकर्षण पत्र बुझाई प्रतिष्ठान सुधार गर्न हप्तादिनको समय अल्टिमेटम दिएका छन्।

जनता समाजवादी पार्टी धरानका अध्यक्ष प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको हितमा भन्दा पनि कमिसनको खेलमा लागेर प्रतिष्ठानलाई धरासायी बनाएकाले तत्काल सुधार नगरिए सबै पदाधिकारीहरुलाई कडा कार्वाहि गर्ने चेतावनी दिएका छन्।

एमाले धरानका अध्यक्ष नारायण सुवेदीले पतिष्ठानका उपकुलपति गिरीले आफ्नै भाइ अजय गिरीलाई विचौलियाका रुपमा प्रयोग गरी प्रतिष्ठानमा समान खरिद गर्ने ठेकेदारलाई १० प्रतिशत रकम माग्न लगाएको आरोप लगाए। उनले तत्काल प्रतिष्ठानमा भएको अनियमितताको छानविन गरी दोषि उपर कार्वाहि गर्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली समक्ष माग गरेका छन्।

प्रतिष्ठानका उपकुलपति डा. गिरीले हप्तादिन भित्र प्रतिष्ठानको सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछानेले  धरान नागरिक दवाव संचालले बुझाएको ध्यानाकर्षण पत्र बुधवार नै मेल मार्फत प्रधानमन्त्री कार्यालयमा बुझाइएको जानकारी दिए।

 

Tags: स्वास्थ्य

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

by आवर कोशी
कार्तिक २, २०८२
0

कोशी गाउँपालिका वडा नम्बर ८ शर्मा टोलमा शनिवार राति करिब ९ बजे नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.