लौकही । एपीएस कोसी गाउँपालीकाको अध्यक्ष पदमा देबीलाल यादव सर्वसम्मत चयन भएका छन् । संस्थागत बिद्यालयहरुको कोसी गाउँपालिकास्तरीय छाता संगठन Association of private schools koshi (APS-koshi )को तेस्रो अधिबेशन बाट सर्बसमत अध्यक्षमा यादव चयन भएका हुन भने उपाध्यक्ष पदमा महम्मद सहाबुल अन्सारी,सचीवमा अनिलकुमार यादव कोषाध्यक्षमा दिवाकर झा, सहसचिवमा श्रीप्रकास यादव चयन भएका छन् । यस्तै कार्यकारी सदस्यहरुमा सन्तोष कर्ण र सन्तोष यादव तथा प्रमुख सल्लाहकारमा निबर्तमान अध्यक्ष पर्शुराम यादव, सल्लाहकारमा सुनसरी बहुमुखी क्याम्प इनरुवाका सहायक क्याम्पस प्रमुख रमेश मण्डल चयन भएका छन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









