मुस्ताक आलम
लौकही । भोक्राहा नरसिंह गाउँपालिकामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच र विस्तार’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विहिवार भोक्राहा नरसिंह गाउँपालिकाको पप्रांगणमा ११३ औं महिला दिवसको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिताको सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा करिब १ दर्जन छात्रा तथा महिला कर्मचारीहरुले भाग लिएकोमा समिया प्रविन प्रथम, सीता साह द्वितीय, नवर्दा आचार्य तृतीय र मुस्कान प्रविन, सलमा खातुन, ममता यादव ,अक्लेश्वरी मन्डल लगायतले पुरस्कार र प्रमाणपत्र हात पार्न सफल भएका छन् । उक्त कार्यक्रममा सहभागी सम्पूर्ण महिला कर्मचारी तथा विद्यार्थीहरुलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको कार्यक्रम संयोजक पर्भा खनालको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद , विशिष्ट अतिथी सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे अथितिहरुमा प्रधानाध्यापक रबिन्द्र कोइराला लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आजादले नारीलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रम संयोजक पर्भा खनाल लगायतले नारी दिवसको महत्व र नारीका समस्याहरुका बारेमा पनि चर्चा गरेका थिए ।









