भण्टाबारी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण गरिरहेको नेविसंघ कोशी गाउँपालीकाले सशस्त्र प्रहरी बलका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी सहित फ्रन्टलाइनमा क्रियाशील विभिन्न संस्थाका लागि सेवारत रहेकाहरुलाई नेविसंघ कोशी गाउँपालीकाले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ । सोही क्रम बिहीबार सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
नेविसंघ कोशी गाउँपालीकाका अध्यक्ष कुन्दन मण्डल ,कोषाध्यक्ष अल्फेज अन्सारीसहितको टोलिले सशस्त्र प्रहरीसँगै गरिब,विपन्न वर्गलाई मास्क,सेनिटाजरका साथै फलफूल वितरण गरेको छ । सशस्त्र प्रहरीलाई नेविसंघका टोलि आफैले मास्क,सेनिटाजरका साथै फलफूल वितरण गरेको छ भने गरिब,विपन्न वर्गलाई हस्तान्तरण गर्न कोशी गाउँपालीका वार्ड नम्बर ७ का अध्यक्ष रामचन्द्र महतोको जिम्मा लगाइएको छ । विपद्, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सशस्त्र प्रहरीलाइ सम्मान र हौसलाका लागि मायाको चिनो स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराइएको नेविसंघ कोशी गाउँपालीकाले जनाएको छ ।









