इनरुवा । बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ मा आयोजित निशुल्क आँखा शिविरमा ९० जना लाभान्वित भएका छन् । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले छैटौं बार्षिक उत्सबको अवसरमा सो निशुल्क आँखा शिविर आयोजना गरेको हो । बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को संयोजन तथा कोशी आँखा अस्पताल इनरुवाको प्राबिधिक सहयोगमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इनरुवा शाखाको कार्यालयले आयोजना गरेको नि:शुल्क आँखा शिविरमा ९० जनाले सेवा लिएकोमा तीनजनामा मोतियाबिन्दु देखिएको हुँदा उनीहरूको आँखाको अप्रेसन गरिने आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इनरुवा शाखाका प्रमुख पुष्कर पोखरेलले जानकारी दिए । सहभागीहरुलाई कोशी आँखा अस्पताल इनरुवाका गौरव राणा र सौरभ चौधरीले सेवा दिएका थिए । बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रोशन खड्काले पैसा अभावमा बिरामी भएर पनि अस्पताल सम्म जान नसकेका सर्वसाधारण नि:शुल्क आँखा शिविरबाट लाभान्वित भएको बताए । वडाबासीको माग र अपेक्षा अनुसार बेलाबखत विभिन्न शिविर आयोजना गर्दै आएको बताउदै उनले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताउँछन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









