देवराजा यादव
भण्टाबारी । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यु भएको छ ।सप्तकोसी नदिमा सोमबार विहान ७ : १५ बजेको समयमा बोलबम जानको लागि जल भर्ने क्रममा युवक नदीमा डुबेर बेपत्ता भएका थिए । सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोसी नदिमा जल भरेर नुहाउने क्रममा सोमबार बिहान भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमार मेहताको डुबेर मृत्यू भएको स्थानीयहरुले जानकारी दिएका छन ।
स्थानीयवासी, नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित गोताखोर टोलिले खोजी गर्दा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमकाे लागि जिल्ला अस्पताल ईनरुवा पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।