सुनसरी । मानसिक अवस्था ठिक नभएकी एक वृद्ध महिलाको उद्धार गरिएको छ । हरिनगर गाउँपालीका वार्ड नं २ स्थित भुटाहा बजारबाट उक्त महिलाको उद्धार गरिएको हो ।
हरिनगर गाउँपालीका १ स्थित भुटाहामा बस्दै आएकी मानसिक सन्तुलन पनि ठीक नभएकी कुलसुम राम नाम गरेको वृद्ध महिलाको उद्धार गरिएको महिला अधिकारकर्मी अल्बिना प्रवीणले जानकारी दिइन् । Qrc Nepal , QRC team inaruwa , माया घर ईटहरी,हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी,ईनरुवा नगरपालिकाकी उपमेयर जनुमागौतम पोखरेल,महिला अधिकारकर्मी अल्बिना प्रवीण,स्थानीय प्रहरीलगायतको सहयोगमा बिहीबार सो वृद्ध महिलाको उद्धार गरिएको हो ।
उद्धार पश्चात् उक्त महिलाका आफन्तहरुको खोजितलासी गर्दा तीनजना छोरामध्ये दुईजना विदेशमा र अन्य एकजनाको कुनै खबर नभएको बताउदै QRC ईनरुवाका coordinator समेत रहेकी अल्बिनाले वृद्धका आफन्तहरु हुँदा पनि रेखदेख नगरिदिने र उहाँ विगत २ वर्ष देखि यसरी नै बाटोको किनारमा बसोवास गर्दै आएको बताइन् ।´हामीले उहाँको आफन्त र छोरालाई समेत जानकारी गराउँदा पनि उहाँहरूले कुनै चासो देखाएनन् उनले अगाडि भनिन् त्यसैले उहाँहरुको अनुमति लिएर आज बिहीबार एकदम पीडादायी अवस्थामा भेटिएकी वृद्ध महिलाको राम्रो हेरचाह ,खानपानका साथै स्याहारको लागि माया घर ईटहरी नेपालको जिम्मा लगाएका छौं ।`
मानसिक सन्तुलन ठीक नभएकी कुलसुम रामको उद्धार गर्न विशेष सहयोग गर्ने मुकेश मेहता, कृष्ण मण्डल,मनोज मेहता,ब्रह्मदेव मेहता,जनप्रतिनिधि,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगायत स्थानीयवासीलाई अल्बिनाले धन्यवाद समेत दिएकी छिन् ।









