देवराज यादव
कोसी ब्यारेज । सप्तकोसी नदिमा आत्महत्या गर्न खोज्ने एकजना भारतीय महिलाको उद्धार गरिएको छ । मंगलबार अन्दाजी ३:४५ बजेको समयमा सप्तकोसी नदीमा आत्माहत्या गर्ने एकजना भारतीय महिलाको सकुशल उद्धार गरिएकाे स्थानीय प्रहरीले जनाएको छ । कोसी ब्यारेजकाे पूर्व नहरबाट हामफालेकी भारत जिल्लाकाे सुपौल विरपुर बस्मतिया बस्ने महानन्द यादवकाे श्रीमती अन्दाजी वर्ष ४० कि कौश्ल्या देवी यादवको उद्धार गरिएको हो । नदिमा हामफालेको अवस्थामा सप्तकोसी नदिमा माछा मार्ने स्थानिय र प्रहरीकाे सहयोगमा उनको उद्धार गरिएको थियो । उद्धार गरिएको भारतीय महिलालाई प्रहरी चौकी कोसी ब्यारेजले आफन्तलाई जिम्मा लगाएको जनाइएको छ ।








