भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा जारी सभामुख कप फुटबल प्रतियोगिताको तेस्रो खेलमा सिमरिया युवा क्लब दुहबी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा मधेशा फुटबल क्लब इनरुवालाई पराजित गर्दै सिमरिया सेमिफाइनलमा प्रवेश गरेको आयोजक समाज विकास केन्द्र नेपालका अध्यक्ष सेराज हुसेनले जानकारी दिए । निर्धारित समयको खेलमा सिमरिया युवा क्लब दुहबी र मधेशा फुटबल क्लब इनरुवाबीच १/१ को बराबरी भएको थियो । त्यसपछि ६ जना खेलाडीले प्यालेन्टि हानेको थियो । जसमा मधेशा फुटबल क्लब इनरुवाले ४ गोल गरेको थियो भने सिमरिया फुटबल क्लब,दुहबीले ५ गोल गरेर १ गोलको अग्रताले जित हात पारेको उनलेे बताए । खेलको म्यान अफ द म्याच सिमरियाका गोल किपर अमन चौधरी भएको आयोजकले जनाएको छ ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको सचिवालय र भोक्राहा नरसिंह गाउँपालीका ४ न. वडा कार्यालयको मुख्य सहयोगमा समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ ले जामिआ खेल मैदानमा प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को आयोजना गरेको हो । आठवटा विभिन्न क्लबहरुको सहभागिता रहेको सभामुख कप फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुनेछ भने प्रतियोगिताको विजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद २५ हजार र उपविजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद १५ हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









