भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा जारी सभामुख कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा राजावास युथ क्लब बराहक्षेत्रलाई हराउँदै सिमरिया युवा क्लब दुहबी फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्यालेन्टी सुट आउटमा हराउँदै सिमरिया युवा क्लब फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा सिमरिया फुटबल क्लब दुहबी र राजावास युथ क्लब बराहक्षेत्रबीच १/१ गोलले बराबरी भएको थियो । त्यसपछि ६ जनाले प्यालेन्टि सुट हान्दा राजावास युथ क्लब,बराहक्षेत्रले ४ गोल गरेको थियो भने सिमरिया फुटबल क्लब दुहबीले ५ गोल गर्दै फाइनलमा प्रवेश गरेको आयोजक समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष सेराज हुसेन जानकारी दिए । खेलको म्यान अफ द म्याच सिमरियाका विजय उराँव घोषित भए ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको सचिवालय र भोक्राहा नरसिंह गाउँपालीका ४ न. वडा कार्यालयको मुख्य सहयोगमा समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ ले जामिआ खेल मैदानमा प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को आयोजना गरेको हो । आठवटा विभिन्न क्लबहरुको सहभागिता रहेको सभामुख कप फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुनेछ भने प्रतियोगिताको विजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद २५ हजार र उपविजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद १५ हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









