भोक्राहा । भोक्राहा नरसिंह गाउँपालिका ६ नं वडा कार्यालयले खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका ६ नं वडा कार्यालयका अध्यक्ष सेराजुद्दिन अन्सारीले जनसेवा युवा क्लब भोक्राहा नरसिंह गाउँपालिका ६ का फुटबल खेलाडीहरुलाई मंगलबार खेल सामाग्री वितरण गरेका हुन ।

उनले खेलाडीहरुलाई जर्सी, बुट,किपर गलब र फुटबल वितरण गरेको जनाइएको छ । सोही अवसरमा वडा अध्यक्षका साथै वडा सदस्यहरू र वडाका कर्मचारीहरु लगायतको उपस्थिति रहेकोे थियो । फुटबल,क्रिकेट,कब्बडी लगायतका खेल र खेलाडीहरुको उत्पादन गरी उनीहरूको क्षमता विकास गर्न आफूहरू निरन्तर लागिपरेको भोक्राहा नरसिंह गाउँपालिका ६ का अध्यक्ष अन्सारी बताउँछन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









