भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ को आयोजना तथा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ एवं भोक्राहा नरसिंह गाउँपालीकाको आर्थिक व्यवस्थापनमा बिहीबारबाट पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो । सो प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाले उद्घाटन गरेका हुन ।

अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष मोजममिल अन्सारीको अध्यक्षता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्य उद्घाटन कार्यक्रम सम्पन्न भएकोमा सो अवसरमा संविधानसभा सदस्य सूर्यदेव दास उराँव,कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी,भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजाद,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष तथा नेपाल मुस्लिम संघ सुनसरी सभापति हारुन अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष हबिब मन्सुरी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ का अध्यक्ष सराजुद्दिन अन्सारी, भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष उसमान मियाँ,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव,पूर्व सचिव राजेन्द्र मेहता,नेपाल तरुण दलका केन्द्रिय सदस्य सुनिलकुमार साह, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीका सभापति युवराज दाहाल,उपसभापति मुस्ताक मियाँ,नेविसंघ केन्द्रिय सदस्य कुन्दन मण्डल,नेपाली कांग्रेसका युवा नेता बिष्णु मण्डल,जमालुद्दिन मन्सुरी लगायतको उपस्थिति रहेको थियो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









