भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा जारी प्रथम वडा अध्यक्ष कप प्रतियोगितामा वडा नम्बर ६ विजयी भएको छ । प्रतियोगिताको दोस्रो खेल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ र वडा नम्बर ७ बीच हुने तय भएकोमा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ७ को टीम नआएपछि वडा नम्बर ६ लाई विजेता घोषणा गरिएको आयोजक अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष मोजममिल अन्सारीले जानकारी दिए ।

यसैगरी बिहीबार सम्पन्न उद्घाटन खेलमा प्यालेण्टी सुटआउटमा भोक्रहा नरसिंह गाउँपालीका वडा नम्बर २ लाई हराउँदै भोक्रहा नरसिंह गाउँपालीका वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको थियो । अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ को आयोजना तथा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ एवं भोक्राहा नरसिंह गाउँपालीकाको आर्थिक व्यवस्थापनमा बिहीबारबाट पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो । सो प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाले उद्घाटन गरेका थिए । प्रतियोगिताको तेस्रो खेलमा शनिबार भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ३ बीच हुने आयोजकले जनाएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









