नरसिंह । भोक्राहा नरसिंह गाउँपालिका ८ नं वडा कार्यालयले खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका ८ नं वडा कार्यालयका अध्यक्ष उस्मान अन्सारीले प्रथम वडा अध्यक्ष कप प्रतियोगिता खेल्ने भोक्राहा नरसिंह गाउँपालिका ८ नं वडा खेलाडीहरुलाई शनिबार खेल सामाग्री वितरण गरेका हुन ।

खेलाडीहरुलाई जर्सी, बुट,किपर गलब र फुटबल वितरण गरेको जनाइएको छ । सोही अवसरमा वडा अध्यक्षका साथै वडा सदस्यहरू र वडाका कर्मचारीहरु लगायतको उपस्थिति रहेकोे थियो । फुटबल,क्रिकेट,कब्बडी लगायतका खेल र खेलाडीहरुको उत्पादन गरी उनीहरूको क्षमता विकास गर्न आफूहरू निरन्तर लागिपरेको भोक्राहा नरसिंह गाउँपालिका ८ का अध्यक्ष अन्सारी बताउँछन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









