कोशी । कोशी गाउँपालका क्षेत्रका अपांगता भएका व्यक्तिलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ । कोशी गाउँपालीमा संचालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत कोशी गाउँपालीका क्षेत्रका विभिन्न वडाका १५ जना व्यक्तिहरुलाई शनिबार सहायक सामाग्री हस्तान्तरण गरिएको हो ।

कोशी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुसाहा स्थित रहेको सामाजिक विकास केन्द्रको सभा हलमा एक कार्यक्रम आयोजना गरी विभिन्न वडाका १५ जना व्यक्तिहरुलाई व्हिल चियर, टोइवालेट चेयर, हेयरिङ्ग एड, एलेस्टिक लगायतका सहायक सामग्री उनीहरूलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादवले हस्तान्तरण गरेका हुन ।

कोशी गाउँपालीमा संचालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्तिलाई सहायक सामाग्रीका साथै आवश्यकता अनुसार अन्य सामाग्रीसँगै निशुल्क स्वास्थ्य परीक्षण,तालिम लगायतका कार्यक्रम गर्दै आएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









