भोक्राहा । सुनसरीकाे भोक्राहा नरसिंह-४ काे ईदगाह खेल मैदानमा जारी पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै भोक्राहा नरसिंह-४ फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा भोक्राहा नरसिंह-६ लाई ३-० गोलले हराउँदै भोक्राहा नरसिंह-४ फाइनल खेलमा प्रवेश गरेको अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ का सचिव मुर्सिद अन्सारीले जानकारी दिए । अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ को आयोजना र भोक्राहा नरसिंह-४ नम्बर वडा कार्यालय एवं भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक सहयोगमा पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको सुरु भएको हो ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता ईदगाह खेल मैदान कब्रिस्थानको अगाडी जारी प्रतियोगितामा भोलि मंगलबार दोस्रो सेमिफाइनल खेलमा ग्रुप ए बाट भोक्राहा नरसिंह-१ र ५ नम्बर वडा बीच हुने सचीव अन्सारीले बताए । भोक्राहा नरसिंह गाउँपालिकाका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक ३० गते हुनेछ । प्रथम हुने टिमलाई ३० हजार नगद, सिल्ड मेडल, प्रमाणपत्र र दोस्रो हुनेलाई २० हजार नगद,सिल्ड वितरण गरिने आयोजकले जनाएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









