भोक्राहा । सुनसरीकाे भोक्राहा नरसिंह-४ काे ईदगाह खेल मैदानमा जारी पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोक्राहा नरसिंह-५ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न भएको खेलमा भोक्राहा नरसिंह-१ लाई ४-३ गोलले हराउँदै भोक्राहा नरसिंह-५ फाइनल खेलमा प्रवेश गरेको अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ का उपाध्यक्ष आरिफ अन्सारीले जानकारी दिएका छन ।
भोक्राहा नरसिंह-५ ले सुरुवाती खेलमा ३ गोल गरेका थिए भने हाफ टाईमपछि भोक्राहा नरसिंह-१ ले ३ गोल गर्दै बराबरी गर्न सफल भएका थिए । प्यालन्टि सुटमा भोक्राहा नरसिंह-१ ले गोल गर्न सकेनन् । त्सैगरी प्यालन्टि सुटमा भोक्राहा नरसिंह-५ ले ५ गोलमा १ गोल गर्दै फाइनलमा प्रवेशमा गरेको आयोजकले जनाएको छ । सेमिफाइनल खेलमा भोक्राहा नरसिंह-५ का खेलाडी रमेश उराँव म्यान अफ द म्याच बनेका थिए । किसान संघ भोक्राहा नरसिंहका निवर्तमान अध्यक्ष कैयुम अन्सारीले म्यान अफ द म्याच भएका उराँवलाई होसला प्रदान गर्दै पुरस्कर वितरण गरेका थिए ।

अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ को आयोजना र भोक्राहा नरसिंह-४ नम्बर वडा कार्यालय एवं भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता यहि बिहीबार सम्पन्न हुँदैछ ।“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता ईदगाह खेल मैदान कब्रिस्थानको अगाडी जारी प्रतियोगिता कार्तिक ३० गते बिहीबारका दिन फाइनल खेलमा भोक्राहा नरसिंह-४ र ५ नम्बर वडा बीच हुनेछ । प्रथम हुने टिमलाई ३० हजार नगद, सिल्ड मेडल, प्रमाणपत्र र दोस्रो हुनेलाई २० हजार नगद,सिल्ड वितरण गरिने आयोजकले जनाएको छ ।









