भोक्राहा । सुनसरीकाे भोक्राहा नरसिंह-४ काे ईदगाह खेल मैदानमा सम्पन्न पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी भोक्राहा नरसिंह-५ ले जितेको छ । बिहीबार सम्पन्न भएको फाइनल खेलमा भोक्राहा नरसिंह-४ लाई प्यालेन्टी सुटआउटमा ७-६ गोलले हराउँदै भोक्राहा नरसिंह-५ च्याम्पियन बनेको हो । निर्धारित समयमा कुनै पनि टोलिबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा दुवै टोलिबाट ८-८ जना खेलाडीले प्यालेन्टी हानेकोमा भोक्राहा नरसिंह-५ का ७ जनाले गोल गर्न सफल भए भने भोक्राहा नरसिंह-४ का ६ जनाले मात्रै गोल गर्न सकेपछि भोक्राहा नरसिंह-५ विजेता भएको आयोजकले जनाएको छ । प्रथम हुने भोक्राहा नरसिंह-५ को टिमले नगद ३० हजार, सिल्ड मेडल, प्रमाणपत्र र दोस्रो हुने भोक्राहा नरसिंह-४ ले २० हजार नगद,सिल्ड पुरस्कार पाएको आयोजकले जनाएको छ ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी,विशिष्ट अतिथि भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले पुरस्कार वितरण गरेका थिए भने अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष मोजममिल अन्सारीको अध्यक्षता एवं कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष तथा नेपाल मुस्लिम संघ सुनसरी सभापति हारुन अन्सारी,कोशी गाउँपालीका वडा नम्बर ३ का अध्यक्ष एवं नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष हबिब मन्सुरी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ का अध्यक्ष आलम अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ३ का अध्यक्ष धीरेन्द्र यादव, भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष उसमान मियाँ,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव,पूर्व सचिव राजेन्द्र मेहता,नेपाल तरुण दलका केन्द्रिय सदस्य सुनिलकुमार साह, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीका सभापति युवराज दाहाल,उपसभापति मुस्ताक मियाँ,नेपाली कांग्रेसका युवा नेता जमालुद्दिन मन्सुरी लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न माध्यमबाट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने दर्जनौं व्यक्तिहरु सम्मान पनि गरिएको आयोजकले संस्थाका कोषाध्यक्ष फारुक अन्सारीले जानकारी दिए ।

स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता ईदगाह खेल मैदान कब्रिस्थानको अगाडी अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ को आयोजना र भोक्राहा नरसिंह-४ नम्बर वडा कार्यालय एवं भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको थियो ।

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









