भोक्राहा । सुनसरीकाे भोक्राहा नरसिंह-४ काे ईदगाह खेल मैदानमा सम्पन्न पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी जित्ने भोक्राहा नरसिंह-५ का खेलाडीलाई सम्मान गरिएको छ । बिहीबार सम्पन्न भएको फाइनल खेलमा भोक्राहा नरसिंह-४ लाई प्यालेन्टी सुटआउटमा ७-६ गोलले हराउँदै भोक्राहा नरसिंह-५ च्याम्पियन बनेकोमा भोक्राहा नरसिंह-५ नं वडा कार्यालयले उनीहरूलाई शुक्रबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । विजेता १५ जना खेलाडीहरु तथा अन्य टीम अफिसियलहरुलाई भोक्राहा नरसिंह-५ का वडा अध्यक्ष हबिब मन्सुरीले दोसल्ला तथा अविर लगाएर सम्मान गरेको वडा सचिव आलम अन्सारीले जानकारी दिए ।

फाइनल खेलमा निर्धारित समयमा कुनै पनि टोलिबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा दुवै टोलिबाट ८-८ जना खेलाडीले प्यालेन्टी हानेकोमा भोक्राहा नरसिंह-५ का ७ जनाले गोल गर्न सफल भए भने भोक्राहा नरसिंह-४ का ६ जनाले मात्रै गोल गर्न सकेपछि भोक्राहा नरसिंह-५ विजेता भएको आयोजकले जनाएको छ । प्रथम हुने भोक्राहा नरसिंह-५ को टिमले नगद ३० हजार, सिल्ड मेडल, प्रमाणपत्र र दोस्रो हुने भोक्राहा नरसिंह-४ ले २० हजार नगद,सिल्ड पुरस्कार पाएको थियो । सोही अवसरमा बोल्दै वडा अध्यक्ष हबिब मन्सुरीले आफू युवाहरूको आवश्यकता अनुसार फुटबल,क्रिकेट,कब्बडी जस्ता सम्भावना बोकेका खेलका खेलाडीहरुलाई निरन्तर सहयोग गर्दै आएको परिणामस्वरूप भोक्राहा नरसिंह-५ का खेलाडीहरुले प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता जित्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि आफ्नो व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट युवाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाएका छन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









