भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीकामा सम्पन्न प्रथम वडा अध्यक्ष कप प्रतियोगितामा उपबिजेता भएको भोक्राहा नरसिंह-४ का खेलाडीहरुलाई सम्मान गरिएको छ । अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ ले शनिबार एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुका साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने समाजिक अगुवाहरुलाई सम्मान गरिएको अव्वाम युवा उत्थान केन्द्रका अध्यक्ष मोजमिल अन्सारीले जानकारी दिए ।

राम्रो खेलेर भएपनि फाइनल खेलमा पराजित भएका भोक्राहा नरसिंह ४ का युवा खेलाडीहरुलाई मनोबल उच्च बनाउनका लागि सम्मान गरेको उनको भनाइ छ । उनीहरूलाई भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारी, किसान संघका निवर्तमान अध्यक्ष कैयुम अन्सारी, लगायत युवा, नागरिक समाज, बुद्धिजीवीहरुले सम्मान गरेका थिए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ ले धन्यवाद समेत दिएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









