इनरुवा । कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्प पीडितको लागि सुनसरीका युवाहरूले राहत संकलन गरेका छन् । नेपाल पराेपकारी समाजले भूकम्प पीडितको लागि सुनसरीबाट राहत संकलन गरी उक्त सामाग्री वितरण गर्न जाजरकोट लगिएको भोक्राहा नरसिंह गाउँपालीकाका युवा खालिद अन्सारीले जानकारी दिए ।

कोशी प्रदेश सांसद हाजी इस्राइल मन्सुरी,भोक्राहा नरसिंह गाउँपालिका,हरिनगर गाउँपालिका,कोशी गाउँपालिका,बराहक्षेत्र नगरपालिका वडा नम्बर ११,फुलबारी क्रिकेट क्लब इनरुवा लगायत नेपाल पराेपकारी समाजलाई राहत सामाग्री सहयोग गर्ने सबैमा खालिद अन्सारी सहितका युवाहरूले धन्यवाद दिएका छन् ।

आपत विपद्को समयमा दुखमा परेका नेपालीलाई आफ्नो स्तरबाट सकेको सहयोग गर्ने उद्देश्यले सुनसरीबाट विभिन्न सहयोगी हातबाट राहत सामाग्री संकलन गरी जाजरकोट भूकम्प पीडितलाई वितरण गर्न लागिएको भोक्राहा नरसिंहका युवाहरूलले बताएका छन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









