लौकही । कोशी गाउँपालीकामा कोशी नदिको जल भित्रको जीवन कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीकाको सभा हल लौकहीमा बिहीबार कोशी नदिको जल भित्रको जीवन (SDG14) कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम Global Greengrants Fund को आर्थिक सहयोगमा युवा केन्द्र नेपालले आयोजना गरेको हो । उक्त कार्यक्रम युवा केन्द्र नेपालका अध्यक्ष दिपक पोखरेलको अध्यक्षता एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सहभागीहरुलाई कोशी नदिको जल भित्रको जीवन कार्यक्रम संचालन गर्नुका साथै महत्त्व,आवश्यकता र विशेषताका बारेमा संस्थाका सल्लाहकार समिति अध्यक्ष राज कट्टेलले सहजीकरण गरेका थिए । यस्तै युवा केन्द्र नेपाल संस्थाका अनिश श्रेष्ठ, मोनिका न्यौपाने र प्रियंका न्यौपानेले सहजीकरण एवं सहयोग गरेको जनाइएको छ ।

सो कार्यक्रममा कोशी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई,लेखा अधिकृत सूरप्रसाद दंगाल,कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीका स्वकीय सचिव धर्मेन्द्र विश्वास,कोशी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष बलराम क्षेत्री,कार्यपालिका सदस्य सर्जुग सरदार,बसिरन खातुन,हरेकृष्ण राउत,बिरेन्द्र मेहता,श्यामकिशोर मण्डल, बिनोद मिश्र लगायतको सहभागिता रहेकोे थियो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









