पश्चिम कुसाहा । कोशी गाउँपालीका वडा नम्बर ३ स्थित पश्चिम कुसाहामा सोमबारबाट कार्तिक पूर्णिमा मेला आयोजना गरिएको छ । सो मेलाको एक कार्यक्रमका बीच कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका छन् । श्री श्री १०८ कार्तिक पूर्णिमा मेला महोत्सव २०८० को आयोजना गरिएको उद्घाटन कार्यक्रम कार्तिक पूर्णिमा मेला समिति कोशी ३ मिलन चोकका अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षता एवं कोशी अध्यक्ष ऐयुब अन्सारी प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो अवसरमा कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव,नेपाली कांग्रेस कोशी सभापति एवं कोशी ३ अध्यक्ष सुलेमान मन्सुरी, कोशी ६ अध्यक्ष जुडिलाल कडौगिया,श्यामसुन्दर सिंह, समशुल मन्सुरी,नेपाली कांग्रेस कोशी उपसभापति धर्मेन्द्र विश्वास, दिलेन्द्र राउत, राजकुमार शर्मा कुरवान मन्सुरी, नेपाली कांग्रेसका वडा सभापति सदरुल मन्सुरी ,नेपाली कांग्रेसका वडा सभापति कोशी ४ का सभापति तजमुल हुसेन,मानव अधिकारकर्मी राजकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रम नेपाल शिक्षक संघ कोशी सभापति हरेकृष्ण राउतले संचालन गरेका थिए ।

सोही अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ऐयुब अन्सारीले पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको चाडपर्वलाई नयाँ पुस्तालाई जानकारी गराउन यस्ता कार्यक्रम सार्थक हुनेमा विश्वास व्यक्त गरे । कोशी गाउँपालीका वडा नम्बर ३ स्थित पश्चिम कुसाहामा आयोजना गरिएको उक्त मेला ११ गतेदेखि मंसिर १५ गतेसम्म संचालन हुनेछ भने कार्तिक पूर्णिमा मेलामा नाचगान एवं अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









