लौकही । कोशी गाउँपालीकामा पूर्वानुमानमा आधारित अग्रिम कार्य (FbAA) सम्बन्धि परिच्यात्मक बैठक सम्पन्न भएको छ । कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा मंगलबार सम्पन्न उक्त बैठकमा कोशी गाउँपालीकाका ८ ओटै वडाका अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरु,सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो । आसमा नेपाल, वर्ल्ड फूड कार्यक्रम, जर्मन हुमेटेरियन एसिट्यान्स को सहकार्य आयोजना गरेको बैठकमा कार्यक्रम संचालक नवराज सुवेदीले यस वर्षको मनसुनलाई ध्यानमा राख्दै हुनसक्ने बाढी, डुबान, कटान, नदी कटान,जस्ता विपदबाट गाउँवस्ती, बालीनाली, स्वास्थ्यमा पुर्याउन सक्ने जोखिमको विश्लेषण गर्दै त्यसप्रति सजग रहन, तत्काल राहत तथा उद्दार कार्यमा जुट्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए ।

विपद्का बखत अपनाउनुपर्ने सावधानी र पूर्वतयारीबारे बैठकमा छलफल गरिएको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईले जानकारी दिए । विपद् व्यवस्थापन सम्बन्धि बनाइएको कार्यविधिअनुसार सम्भावित विपद् व्यवस्थापन नियन्त्रण गरिने कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । आउनसक्ने सम्भावित बाढीको क्षति कम गर्नका लागि पूर्वतयारी गरिएको बताउदै अध्यक्ष अन्सारीले प्रभावितको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर उद्दार कार्य गरिने बताए ।

प्राकृतिक प्रकोपजन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि वडा वडा स्तरबाट पूर्वतयारी आवश्यक भएकोले सोही अनुसार तयारी थालिएको उनको भनाइ छ । पूर्वसूचना प्राप्त, राहत उद्दार तथा पुनर्स्थापना लागि अग्रिम तयारी थालेको अध्यक्ष अन्सारी बताउँछन् । बाढीबाट हुनसक्ने सम्भावित जोखिममा मध्यनजर गर्दै सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत तथा उद्धारका कार्य छिटो छरितो गर्नका लागि पूर्वतयारी गरिएको उनलेे जानकारी दिए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









