भुटाहा । हरिनगर गाउँपालीकामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । सीमावर्ती क्षेत्रमा पर्ने हरिनगर गाउँपालीकाले चोरीपैठारी नियन्त्रण गर्नका साथै अपराधीक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सिसिटिभी क्यामेरा जडान गरिएको हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

सीमावर्ती बजार अन्तर्गत पहिलो चरणमा हरिनगर गाउँपालीकाको रामनगर भुटाहा बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । अध्यक्ष अन्सारीका अनुसार गाउँपालीकाको आफ्नै लगानीमा सामुदायको माग र उद्योगी व्यवसायीको समन्वयमा सिसिटिभी जडान गरिएको हो ।

जडान गरिएको सिसिटिभीको निगरानी कक्ष वडा कार्यालय प्रहरी चौकीले गर्ने व्यवस्था मिलाइएको छ । हरिनगरको भुटाहा बजारमा जडान भएको सिसिटिभीको गाउँपालिका अध्यक्ष हाजी गफार अंसारी तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख बीपीन रेग्मी, प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








