इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ३ का प्रताप सदालाई पुनः अस्पताल गरिएको छ । मृत्यु भइसकेको भन्दै बिराटनगर स्थित रहेको मेट्रो न्युरो अस्पतालबाट ल्याइएका उनको स्वास्थ्य अवस्था बिग्रेपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

सदाको स्वास्थ्य अवस्थामा आएको समस्या आएको र उपचार गर्न आर्थिक अवस्था नाजुक रहेकोे अवस्थामा कोशी प्रदेश सांसद हाजी इस्राइल मन्सुरीको सहयोगमा उनको परिवारले जिल्ला अस्पताल सुनसरीमा भर्ना गराएको हो । उक्त बिरामीको स्वास्थ्य अवस्था नाजुक रहेको बताइएको छ । बिराटनगर स्थित रहेको मेट्रो न्युरो अस्पतालबाट फर्काएर मृत्यु भइसकेको भन्दै उनको दाहासंस्कारको तयारी गरिरहेको बेला उनी होसमा आएका थिए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









