भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ मा पहिलो पटक खुल्ला व्यायामशाला संचालनमा आएको छ । भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालय र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ को सहयोगमा कोशी युथ क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ ले सो खुल्ला व्यायामशाला संचालनमा ल्याएको हो ।

खुल्ला व्यायामशालाको भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले सोमबार उद्घाटन गरेका हुन । सो अवसरमा भोक्राहा नरसिंह गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी,लेखा अधिकृत विशेष गौतम,कार्यपालिका सदस्य रामेश्वर खत्वे,स्वास्थ्य शाखा प्रमुख हिरा साह,कोशी युथ क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ का अध्यक्ष अबुलेस मियाँ,अस्जद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

खुल्ला व्यायामशाला उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले शारीरिक व्यायाम नगरेर मानिसहरु रोगी बन्दै गएको भन्दै निरन्तर व्यायाम गर्न सुझाव दिए ।

शारीरिक व्यायामले मान्छेलाई स्वस्थ बनाउने भएकाले शारिरीक व्यायाम अनिवार्य भएको बताउदै उनले युवाहरु शारीरिक व्यायाम गर्न अन्यत्र जानुपर्ने वाध्यताको अन्त्य गर्न भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर २ मा खुल्ला व्यायामशाला संचालनमा ल्याएको बताए । आगामी दिनमा समेत खुल्ला व्यायामशाला लाई आवश्यकता अनुसार सहयोग गर्ने अध्यक्ष आजादले प्रतिबद्धता जनाए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









