इनरुवा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा सुनसरीले सीमा इलाकाबाट भन्सार छली नेपाल भित्राइएका सामान बरामद गरेको छ । आइतबार सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रबाट ६० हजार मूल्य बराबरको ३०० के.जि प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरेको छ । यसै गरि मुल्य रु.४ लाख ८१ हजार ५२५ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको पनि गरेको सशस्त्र प्रहरीले जनाएको छ।

अवाञ्छित गतिविधि गर्ने व्यक्ति तथा समूहहरुले सीमा इलाकाबाट चोरी तस्करी लगायत अपराधिक घटना घटाउन सक्ने भएकोले सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा सुनसरीले सुरक्षा चुनौतिलाई मध्यनजर गरी योजना बनाइ उक्त योजना लागु गर्न अहोरात्र खटिरहेको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए । सोही योजना अनुरुप सप्रबल नेपाल बिओपि लौकहीबाट खटिएको टोलिले प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरेको बताउदै उनले भने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर, कप्तानगंज वि.ओ.पि.बसन्तपुर, बिओपि श्रीपुर, बिओपि उल्टी र बिओपि लाहीबाट खटिएको टोलिले जिल्लाको बिभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामानहरु, प्याज, पेयपर्दाथ बरामद गरेको बताए ।

उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागी सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको छ । यसै गरी जिल्ला सुनसरी कोशी गापा 1 फ्याक्ट्री रोड सीमा ईलाका स्थित अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको प्रतिबन्धित मुङ्ग्री माछा सप्रबल नेपाल बिओपि लौकहीबाट खटि गएको टोलिले नियन्त्रणमा लिई स्थानिय जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टाईनको कर्मचारीहरुको रोहवरमा कार्यलय परिसरमा खाडल खनि नष्ट गरेको जनाइएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









