इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्य अल्पसंख्यक समुदायलाई जाडोबाट बच्न न्यानो कपडा वितरण गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईनरूवा नगरपालिका वडा नं. ९ स्थित बबिया क्षेत्रका ४० जना अल्पसंख्यक समुदाय घरपरिवार जाडोबाट बच्न सहयोग पुग्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

न्यानो कपडा वितरण कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका अध्यक्ष अजिता देवकोटा बास्तोला, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक श्री विपिन रेग्मी,लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा अल्पसंख्यक समुदायका घर/परिवारहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रममा सम्पन्न गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









