लौकही । कोशी गाउँपालीका वडा नम्बर ६ स्थित श्रीपुरमा दुई पक्षबीच भएको कुटपिटबाट घाइते भएकाहरुको अवस्था बुझ्न जनप्रतिनिधि अस्पताल पुगेका छन् । गत पुस ५ गते कोशी गाउँपालीका वडा नम्बर ६ श्रीपुरस्थित मुसहरी टोल ) वडा कार्यालयदेखि पूर्वतिर दुईपक्षबीच कुटपिट भएको थियो । प्रारम्भिक जानकारी अनुसार सुकुम्बासी जग्गामा गाईवस्तु गएको सम्बन्धमा दुई समूहबीच विवाद भएको थियो । विवादको क्रममा कुटपिटबाट कोशी गाउँपालीका वडा नम्बर ६ श्रीपुरस्थित मुसहरी टोल बस्ने स्थानीय ४५ वर्षका वैजनाथ सदा ,उनकी श्रीमती ३५ वर्षकी कोपिलादेवी सदा ,४५ वर्षका उदय सदा ,४० वर्षकी मीना सदा घाइते भई हाल गोल्डेन हस्पिटलमा उपचाररत छन् ।

अर्को समूहबाट पनि केही मान्छे घाइते भएको बताइएपनि त्यसबारे औपचारिक जानकारी प्राप्त भएको छैन । घटनाबारे जानकारी पाएपछि बिराटनगरस्थित रहेको गोल्डेन हस्पिटलमा उपचाररत घाइतेहरुलाई भेट्न नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डल,कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,कोशी गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष साह जमाल लगायतको टोलि अस्पताल पुगेका थिए ।

उनीहरूले कोशी गाउँपालीका क्षेत्रमा दुई समूहबीच सामान्य विषयलाई लिएर विवाद उत्पदन हुनु दु:खद भएको बताउदै घटनाको बारेमा यथावत बुझ्ने प्रयास गरिरहेको बताएका छन् । अस्पताल पुगेर उनीहरूले घाइतेको अवस्था बुझ्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









