लौकही । रोटरी क्लब अफ इटहरी युगलले कोशी गाउँपालीका क्षेत्रका ३० जना एकल महिलालाई न्यानो कपडा वितरण गरेको छ । कोशी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा आइतबार एक कार्यक्रम आयोजना गरी कपडा वितरण गरिएको हो ।

कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य एवं रोटरी क्लब अफ इटहरी युगलका अध्यक्ष राजीव घिमिरेको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा कोशी क्षेत्रका जनप्रतिनिधि,कर्मचारी,एकल महिला,रोटरी क्लब अफ इटहरी युगलका पदाधिकारी एवं कार्य समिति सदस्य गरी अन्दाजी ५०/६० जनाको उपस्थिति रहेको थियो । यसअघि बिहीबार कोशी गाउँपालीका कार्यालयले गाउँपालीकाका क्षेत्रका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









