कोशी । कोशी गाउँपालीका वडा नम्बर ४ स्थित जुद्धगंजमा आगलागी भएको छ । स्थानीय कबातुल्ला मियाँको घरमा मंगलबार दिउँसो आगलागी भएको हो । आगलागीबाट घर,नगदसहित चौपाया मरेको बताइएको छ ।

यसैबीच आगलागी खबर सुनेपछि तत्काल घटनास्थल पुगी कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले पीडित परिवारलाई राहत वितरण गरेको छ । सो अवसरमा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डलको समेत उपस्थिति रहेको थियो । तत्काल आवश्यक अनुसार खाद्यान्न एवं अन्य सामाग्री पीडित परिवारलाई आफूहरूले हस्तान्तरण गरेको बताउदै अध्यक्ष ऐयुब अन्सारीले पीडित परिवारलाई थप सहयोगको आवश्यकता देखिएको हुँदा थप सहयोग गरिने बताए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









