भण्टाबारी । सुनसरी जिल्लाको सीमावर्ती क्षेत्र कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरी मातहत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लाहीबाट खटिएको संयुक्त टोलीले कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित पूर्वी टोलबाट ३३ केजी गाँजा बरामद गरेको हो ।
परालको कुनिउ भित्र लुकाई छिपाई राखिएको अवस्थामा तयारी गाँजा ३३ के.जि.बरामद गरी आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय भण्टावारीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपालको टोली उक्त स्थानमा पुगेर खोजी कार्य गर्दा उक्त परिमाणको अवैध लागु-औषध तयारी गाँजा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हे.क्वा.सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्वाहाङ्गफेले जानकारी दिए ।
कोशीटप्पु होटलको स्टोर जलेर नष्ट
देवराज यादव सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहाको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान...