कोशी । कोशी गाउँपालीकाको कार्यालयले नेपाल प्रहरीलाई आगो निभाउने सिलेन्डर हस्तान्तरण गरेको छ् । कोशी गाउँपालीकाको कार्यालय लौकहीमा सोमबार एक कार्यक्रम आयोजना गरी ईलाका प्रहरी कार्यालय लौकहीलाई अक्सिजन सिलेन्डर हस्तान्तरण गरेको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईले जानकारी दिनुभयो ।
कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी,वडा नम्बर ५ का वडा अध्यक्ष साह जमाल, कोशी गाउँपालीकाका लेखा अधिकृत सुरप्रसाद दंगाल,कोशी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास लगायतको उपस्थितिमा कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादवले आगो निभाउने सिलेन्डर हस्तान्तरण गर्नुभयो ।

आपतकालीन बेलामा आवश्यक पर्ने भएको हुँदा कोशी गाउँपालीका क्षेत्रमा रहेका हरेक प्रहरी चौकीलाई आगो निभाउने सिलेन्डर लगायत आवश्यक सामाग्री हस्तान्तरण गर्दै आएको उपाध्यक्ष यादवले बताउनुभयो ।









