भोक्राहा । नेपाल विद्यार्थी संघ सुनसरीले सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल विद्यार्थी संघ सुनसरीका सदस्य एवं सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थी नेता सेराज हुसैनको अगुवाईमा भोक्राहा नरसिंहस्थित रहेको उल्टी बिओपीलाई शनिबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
सशस्त्र प्रहरी बल बिओपी उल्टीका इन्चार्ज इन्स्पेक्टर महेशविक्रम केसीलाई ६ प्याकेट माक्स र ५ वटा सेनिटाइजर हस्तान्तरण गरिएको छ । नेपाल विद्यार्थी संघ सुनसरी विद्यार्थी नेता सेराज हुसैन,नेविसंघ सुनसरी क्याम्पसका नेता नन्दन गुप्ता र बेलाल अन्सारीलगायतको उपस्थितिमा सशस्त्र प्रहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको थियो ।









