इनरुवा । इलाका प्रहरी कार्यालय साहेबगंजबाट गस्तिमा खटिएको प्रहरीको टोलिले ठुलो परिमाणमा बेबारीसे लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार बिहान पौने ४ बजे सुनरीको देवानगंज गाउँपालिका वडा नम्बर ५ साहेवगंज स्थितबाट बीआर ३९ ई २२८८ नम्बरको भारतीय मोटरसाईकलमा ४ वटा बोरामा लोड गरी बेबारीसे अवस्थामा राखिएको एक सय २२ केजी गाँजा बरामद गरेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो समयमा सुनसरी जिल्लामा एकपछि अर्को गरी ठूलाठुला परिमाणमा भारततर्फ तस्करी गर्न ठिक्क पारिएको अवस्थामा गाँजाहरु बरामद भईरहेका छन । सोमबार विहानै तस्करीको लागि तयारी गरिरहँदा २७२ किलो गाँजा लोड गरेको अवस्थामा एउटा एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने त्यसअघि बराहक्षेत्र र देवानगञ्ज गाउँपालिका क्षेत्रबाट समेत पटक पटक गाँजा बरामद भईरहेको छ ।