भण्टाबारी । कोशी गाउँपालीकाको कार्यालयले दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन २२ देखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । जसअन्तर्गत कोशी गाउँपालीका वडा नम्बर ८ मा पहिलो दिन २२ गते कोशी ब्यारेजमा,२३ गते नन्कु टोलस्थित रहेको मदरसामा,२४ गते रेल्वे टोल र पूर्व टोल, २५ गते सप्तकोसी मावि,साइनिङ्ग स्टार, २६ गते मदरसा दारुस्सलाम, २७ गते मुसहरी टोल र २८ हेल्थ पोस्टमा दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गरिने कोशी गाउँपालीका वडा नम्बर ८ हेल्थ पोस्ट इन्चार्ज बिनोद साहले जानकारी दिए ।

दादुरा रुवेला खोप अभियान २०८०/०८१ वडा स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी कार्यक्रम आयोजना गरी ९ महिना देखि १५ वर्षको बालबालिकाहरुलाई लक्षित गरी दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गरिने कोशी गाउँपालीका वडा नम्बर ८ का वडा अध्यक्ष बलराम कुमार क्षेत्रीले जानकारी दिए । सुनसरी सहित देशैभर नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर सहित ७७ ओटै जिल्लाका बालबालिकालाई उक्त खोप लगाइने छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको हो । दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









