देवराज यादव
हरिपुर । सुनसरी कोशी गाउँपालीका वडा नम्बर ७ हरिपुरस्थित मुसहर टोलमा आगलागी भएको छ । मंगलबार बिहानको समयमा विद्युत सर्ट स्थानीय बद्री राय अमाथको घरमा आगलागी भएको हो ।

आगलागीबाट अमाथको तीन घर जलेर नष्ट हुँदा अन्दाजी रु चार लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीलाई अन्दाजी १ घण्टा पछि कोशीगाउँपालिका र इनरुवा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो ।









