कोशी । कोशी गाउँपालीकामा आगलागीबाट पीडित भएका घरपरिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । आइतबार दिउँसोको समयमा सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ३ स्थित नहर चौकमा भीषण आगलागी हुँदा १० परिवारको एकदर्जन बढी घर जलेर नष्ट भएको थियो । आगलागी भएको खबर पाएपछि तत्कालै घटनास्थल पुग्दै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको पहलमा पीडित परिवारलाई आवश्यकता विभिन्न निकायबाट सहयोग प्राप्त हुने क्रममा सोमबार सामाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत मन्सुरीले व्यक्तिगत रूपमा उनीहरूलाई आर्थिक सहयोग गरेका छन् ।

आगलागी पीडितको लागि अध्यक्ष मन्सुरीले उपलब्ध गराएको आर्थिक सहयोग कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरीले हस्तान्तरण गरेका थिए । कोशी गाउँपालीका,जिल्ला प्रशासन कार्यालय सुनसरी,नेपाल रेडक्रस लगायतबाट खाद्यान्न तथा अन्य सामाग्री सहयोग प्राप्त भएकोमा तत्काल आफूले आर्थिक सहयोग हस्तान्तरण गरेको र आगामी दिनमा जनप्रतिनिधिसँग समन्वय गरी आवश्यकता अनुसार थप सहयोग गर्ने अध्यक्ष मन्सुरीको भनाइ छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









