लौकही । लौकही उद्योग वाणिज्य संघको ७ औं साधारणसभा सम्पन्न भएको छ । कोशी गाउँपालीका वडा नम्बर १ स्थित रहेको बीपी स्मृति भवनमा लौकही उद्योग वाणिज्य संघका अध्यक्ष विशेश्वर प्रसाद गुप्ताको अध्यक्षता एवं कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भएको हो । सो अवसरमा विशिष्ट अतिथिको रूपमा आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख अर्जुनकुमार न्यौपाने कोशी १ का अध्यक्ष शोभितनारायण यादव, २ का अध्यक्ष ध्यानी उराँव,३ का अध्यक्ष सुलेमान मन्सुरी,४ का अध्यक्ष इसराइल मन्सुरी,रामचन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
लौकही उद्योग वाणिज्य संघका अध्यक्ष विशेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा तीन वर्ष पहिले निर्वाचित भएको पदाधिकारीहरुमा उपाध्यक्षमा चन्दन यादव,सचिवमा रोशनकुमारी यादव, कोषाध्यक्षमा बिनोद यादव र सह सचिवमा दानालाल यादब सहित ११ सदस्यी समिति निर्वाचित भएको थियो ।
यसपटक भने लौकही उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि रामनारायण यादव र रामदिस अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा चन्दन यादव र कार्य समिति सदस्यहरुमा राजकुमार श्रेष्ठ र कुलानन्द महासेठ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक गिरिराज अटलले जानकारी दिए ।
यस्तै सचिव पदमा सत्यवान (सुमन) मण्डल र श्यामसुन्दर यादवले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिमा संयोजक गिरिराज अटल सहित रामकुमार मेहता र विरेन्द्रकुमार साह सदस्य रहेका छन् । सहमति नभएको अवस्थामा २८ गते निर्वाचन हुनेछ भने जसमा २१८ जना मतदाताले मतदान गर्नेछन् ।
कोशीमा प्रभावकारी बन्दै न्यायिक समिति
लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालीकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । उपाध्यक्षको संयोजकत्वमा गठित उक्त समितिलाई...