भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीकाको वडा वडामा सडक बत्ती जडान भएपछि स्थानीय खुसी भएका छन् । भोक्राहा नरसिंह गाउँपालीकाको ८ वटै वडाको टोल टोलमा आवश्कता अनुसार सडक बत्ती जडान गरिएपछि स्थानीय खुसी भएका हुन् ।

स्थानीयवासीको मागलाई दृष्टिगत गरी भोक्राहा नरसिंह गाउँपालीकाको ८ वटै वडाको टोल टोलमा सडक बत्ती जडान गरिएको हो । आफू निर्वाचित भएर आएपछि दुई वर्षको अवधिमा भोक्राहा नरसिंह गाउँपालीकाको ८ वटै वडाको टोल टोलमा गरी झण्डै ४० किलोमिटर क्षेत्रमा सडक बत्ती जडानको काम अन्तिम चरणमा पुगेको अध्यक्ष अजमल अख्तर आजाद बताउछन । उनका अनुसार सडक बत्ती झलमल्ल बलेपछि स्थानीय हर्षित भएका छन् । सडक बत्ती जडान भएसँगै रातको समयमा पनि उज्यालोमा हिँड्न पाउँदा आफूहरू हर्षित भएको स्थानीयको भनाइ छ ।

टोलबस्ती तथा चोक बजारहरू रहेको ठाउँमा सडक बत्ती जडान गरिएकाले झलमल्ल उज्यालोसँगै सम्भावित सडक दुर्घटना कम हुने तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने अध्यक्ष आजादको विश्वास छ ।

यता, सडक बत्ती राखेपछि यातायातका साधन सञ्चालनमा र स्थानीयलाई आउजाउ गर्नमा निकै सहज भएको अवस्था छ । सडक बत्तीको विद्युत महसुल भोक्राहा नरसिंह गाउँपालीकाले जनाइएको छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









