भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा आयोजित ४५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ। भोक्राहा नरसिंह गाउँपालीकाको आयोजनामा गएको चैत्र ११ गतेदेखि संचालनमा आएको सो तालिम बुधवार सम्पन्न भएको हो ।

भोक्राहा नरसिंह गाउँपालीकाकी उपाध्यक्ष सुनिताकुमारी उराँवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै उनले यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गांउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पुग्ने बताइन ।

सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने उल्लेख गर्दै उपाध्यक्ष उराँवले तालिममा सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गरिन ।महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरेको भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयले जनाएको छ ।









